ताजा अपडेट »

चर्चित अभिनेता चिरञ्जिवी सरजाको निधन

सोमबार, २६ जेठ २०७७, १० : ५२
4 Shares

नयाँदिल्ली ।कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको निधन भएको छ । ३९ वर्षको उमेरमा बेंगलुरुको एक नीजि अस्पतालमा आइतबार सरजाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी हृदयघातका बिरामी थिए ।

'उनी आइतबार दिउँसो फोनमा बुबासँग कुरा गरिरहेका थिए, एक्कासी पसिना आउन थाल्यो र उनी अचानक भुँईमा ढले । उनलाई तत्काल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरे' भारतीय सञ्चारमाध्यमले लेखेका छन् । चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए ।

उनले जिवनभर २२ वटा कन्नड फिल्ममा काम गरे । चिरञ्जिवीको जन्म १७ अक्टोबर सन् १९८० मा भएको थियो । उनको विवाह दुई वर्ष अघि भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।