ताजा अपडेट »

आजको राशिफल (वि.सं.२०७७/०२/२६ सोमबार )

सोमबार, २६ जेठ २०७७, ०८ : २७
6 Shares

मेष : दिन मध्यम रहनेछ । धर्मकर्ममा निकै बाधा अड्चन आइलाग्न सक्नेछ । शरीर पनि अस्वस्थ रहनेछ । धैर्य गर्नु बेस हुनेछ । 

वृष : दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काममा बाधा आउनेछ । काममा सावधानीको आवश्यकता पर्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

मिथुन : दिन अत्युत्तम रहनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

कर्कट :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । 

सिंह : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । 

कन्या : दिन नितान्त प्रतिकूल रहनेछ । मन डराउन सक्नेछ । काममा सचेतताको खाँचो रहनेछ  खर्चको मात्रा बढन सक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

तुला : दिन उत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । 

वृश्चिक :  दिन मध्यम रहनेछ । आर्थिक मामिलामा निकै सचेत रहनु पर्नेछ । बोलीवचनमा पनि सावधानी अपनाउनु पर्नेछ । शरीर अस्वस्थ हुनेछ । 

धनु : दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । बौद्धिक काम गरिनेछ । 

मकर : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो योजनाको कामाम हात नहाल्नु बेस हुनेछ । काममा ढिलाइ हुनेछ । 

कुम्भ :  दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक कामको दायित्व थपिनेछ  । आटेको काम सजिलै बन्नेछ । 

मीन : दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्वपूर्ण अवसर आउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मन प्रसन्न हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।