ताजा अपडेट »

संक्रमितदर घट्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

सोमबार, २६ जेठ २०७७, ०८ : ११

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७० लाख ८५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ५ हजार २ सय ६९ जनाको मृत्यु भैसकेको छ ।

३४ लाख ५९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ भने १ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -३७३
ब्राजिल -५४२
रसिया -१३४
स्पेन -१
बेलायत -७७
इटली -५३
भारत -२६१
जर्मनी -७
पेरु -१६४
टर्की -२४
इरान -७२
फ्रान्स -१३
चिली -६४९
मेक्सिको -३४१
क्यानडा -२७
साउदी अरेबिया -३६
पाकिस्तान -६७
कतार -३
बेल्जियम -१५
बंगलादेश -४२
नेदरल्याण्ड -२
बेलारुस -६
दक्षिण अफ्रिका -४६
स्विडेन -३
कोलम्बिया -५४
इक्वेडर -१३
यूएई -१
पोर्चुगल -५
कुबेत -१०
इजिप्ट -३९
इन्डोनेसिया -५०
आयरल्याण्ड -१
युक्रेन -११
पोल्याण्ड -४
फिलिपिन्स- ९
रोमानिया -११
अफगानिस्तान -३०
अर्जेन्टिना -१६
डेमोसियन रिपब्लिक -२
इजरायल -३
जापान -२
ओमान -३
पानामा -७
बहराइन -२
नाइजेरिया -१२
बोलिभिया -२७
डेनमार्क -२
सर्बिया -१
अर्मेनिया -१०
अल्जेरिया -९
माल्दोभ -१०
इराक -२८
अजरबैजान -४
फिनल्याण्ड -१
ग्वाटेमाला -१४
होन्डुरस -२
हंगेरी -१
डिआरसी -३
सेनेगल -२
डिजीबाउटी -२
नर्थ मेसोडोनिया -२
केन्या -१
सोमालिया- १
इथियोपिया -७
लेबनान -१
दक्षिण सुडान -४
मडागास्कर -१
यमन -१
मौरिटानिया -६

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।