२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानूनी काम गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध रु एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल रु तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया रु एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध रु ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै लेखा अधिकृत टीकाराम अधिकारी रु एक करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी रु तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरु रुद्रप्रसाद दाहाल रु तीन करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई रु दुई करोड १७ लाख ३२ हहजार ४७३ र कृष्णप्रसाद कट्टेल रु ७३ लाख ६२ हजार ४५५ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी कम्प्युटर अपरेटरहरु सुजन राई रु २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान रु पाँच करोड ९४ लाख ९८ हजार ९३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल रु एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं रु २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध रु ४५ हजार ४६१ बराबरको बिगो दाबी गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ