ताजा अपडेट »

घरफर्के सञ्चारकर्मी जसले समाचार लेख्दै कोरोना जिते

आइतबार, २५ जेठ २०७७, २० : ३४
4 Shares

जीतपुर । कपिलवस्तु जिल्लाका दुई सञ्चारकर्मी कोरोनालाई जितेर आज घर फर्किएका छन् । यही जेठ ९ गते कोरोना पोजेटिभ देखिएपछि तिनलाई जिल्लाको मधेश मानवअधिकार गृह(माहुरीहोम) मा निर्मित आइसोलेशनमा राखिएको थियो । सत्र दिनदेखि आइसोलेशनमा रहेका सञ्चारकर्मी आज कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका हुन् । दुवै जनामा गरिएको पछिल्लो कोरोना परीक्षणमा नेगेटिभ रिपार्ट देखिएपछि उनीहरुलाई आज साँझ आइसोलेशन सेन्टरबाट डिस्चार्ज गरिएको हो ।

दुवै जनालाई पुष्पगुच्छासहित बिदाइ गरिएको थियो । दृढ आत्मविश्वास र उच्चमनोबलका साथ आफूहरुले कोरोना जित्न सफल भएको दुई सञ्चारकर्मीको भनाइ छ । कोरोनाभन्दा खतरा समाज रहेको अनुभव सुनाउँदै उनीहरुले अनावश्यक भ्रमको पछि नलाग्न अनुरोध गरेको छन् । आइसोलेशनमा नियमित स्वास्थ्योपचार, योगाभ्यास र नृत्यका साथ तिनले नियमित समाचार सम्प्रेषण पनि गर्दै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।