२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकाहरुलाई लागि अल्पकालिन महिला सुरक्षा सेवा केन्द्र सञ्चालन हुने भएको छ । सेवा केन्द्र सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिका र सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका विचमा यस्तो सम्झौता भएको हो ।

उपमहानगरपालिकाले कार्यविधि वनाएर विभिन्न संस्थासँग प्रस्ताव आव्ह्वान गरेको महिला विकास शाखा प्रमुख विष्णुमाया आचार्यले जानकारी दिइन् । सम्झौतामा उल्लेख भए अनुसार संस्थाले आरक्षित महिलालाई चोटपटक लागेकोमा औषधोपचार, मनोसामाजिक विमर्श, कानुनी परामर्श, कानुन कार्यान्वयन गर्ने निकायहरुसँग सम्पर्कका साथै न्यायिक समितिका अन्य कामहरु गर्नुपर्नेछ । संस्थाले यसका लागि आवश्यक व्यवस्थापन गर्ने गरी कर्मचारी समेत राख्न सक्ने व्यवस्था छ ।

वडा नं. – १० गोलौरामा सञ्चालन हुने सेवा केन्द्रमा हिंसा पिडित तथा अलपत्र अवस्थामा रहेका महिला तथा बालबालिकाहरुलाई राखिने छ । सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्यका साथै संस्थाकी अध्यक्ष सुलोचना केसीको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग