ताजा अपडेट »

भारतमा व्यवसाय गर्दै आएका दाङका एक व्यक्तिमा मृत्युपश्चात कोरोना संक्रमणको पुष्टि

आइतबार, २५ जेठ २०७७, २० : १०
4 Shares

तुलसीपुर । दाङ घर भई भारतको नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । दम र सुगरबाट लामो समयदेखि पिडित भनिएका घोराही उपमहानगरपालिका- १८ का ५९ वर्षिय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ्ग ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । स्वाब परिक्षणका क्रममा उनमा कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।

अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी गरेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।