२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

मेरि दिदी त्यो जमानाकि अत्यन्तै सिपालु, जाँगरिली, मिठो बोल्ने, रुपमा पनि त्यत्तिकै राम्र , छर–छिमेकमा विवाह, पूूजा वा व्रतबन्धका कार्यहरूमा वहाँलाई खोज्ने गरिन्थ्यो । रोटी पकाउन, अचार साँद्न वा माला उन्न वहाँ नै अघि सर्नु हुन्थ्यो । गाउँ टोलका आमाहरु भन्नुहुन्थ्यो “यो नानी बत्तीस लक्षणले भरी–भराउ छे । यस्को भाग्य कस्तो होला !’ वहाँको उससमयको परिवेश अनुसार विवाह गर्ने अवस्था भएको थियो । ठाउँ–ठाउँबाट दिदीलाई माग्न मानिसहरु आइरहेका थिए ।पछिल्लो पटक प्रशस्त सम्पत्ति भएका, तिनतले घर भएका, सयमुरी धान फल्ने खेतको फाकट भएका, गाउँमा मात्र नभएर जिल्लामै धनिमानिमा गणना हुने घरानाबाट वहाँलाई माग्न आएका थिए । फाल्गुणको महिनामा पञ्चे बाजा बजाएर धुमधामसगँ वहाँको विवाह सम्पन्न भयो ।

Advertisement

सुरुसुरुमा वहाँको मनको कुरा थाहा भएन। दुईवर्ष पछि वहाँ माइतमा आउँदा फरक रुप रङ्ग लिएर आउनु भयो । अत्यन्तै दुब्लाएकी हुनुहुन्थ्यो । वहाँको ओठमा कुनै मुस्कान देखिदैनथ्यो । कसैको घरमा जान इच्छा पनि नगर्ने, खाली घोरिएर मात्रै बसिरहने । जीवनबाट थाकेको जस्तो देखेर एकदिन मैले आमालाई सोधे ‘आमा दिदीलाई के भएको हो?’ आमाले भन्नुभयो ‘धनिमानी र ठूूला–बडा छन् भनेर छोरी दिएको तर, घरमा सारै ठूलो शासन र बुहार्तन रहेछ । खै कुन्नी छोरीको घर हुन्छ कि हुन्न ।’ यहि प्रकृतिको घटना मेरी दिदिको घटनाक्रम जस्तै यतिबेला हामीले राजनीतिमा हेर्न र भोग्न परिरहेको छ । आजभन्दा तिनवर्ष अगाडि राम्रो विचार, राम्रो दर्शन, राम्रो नेतृत्व भन्ने विश्वासका साथ जनता र कार्यकर्ताको तिव्र चाहना भएको अवस्थामा हामी दुई पार्टी र दुई नेतृत्व मिलाएर एउटै पार्टी बनाएका थियौं ।

समय बित्दै जाँदा हाम्रो नेतृत्व जो हिजो हाम्रो साथमा छँदा निकै क्रान्तिकारी थियो , जनता र कार्यकर्ताको बीचमा थियो । उनको भाषण सुनेर २ घण्टासम्म मान्छे थाक्दैनथे । उनको कुमहरु हल्लिदा, प्रशिक्षण दिँदा, हातको बुढि औंला घुमाइरहँदा र भाषण गर्दा पछाडिका कुर्कुच्चा उठाउँदा आनन्दको अनुभूति हुन्थ्यो । वहाँको कला प्रस्तुतिमा निखार देखेर हामी सबै आश्चर्य चकित पर्दथ्यौं । दुइवटा संविधान सभाको निर्वाचनमा वहाँलाई कार्यकारी राष्ट्रपतिको रुपमा स्थापित गर्ने कोसिस गरेका थियौं । विरोधीहरुले भित्ते राष्ट्रपति भनिरहँदा वैचारिक प्रतिरोध समेत गर्ने गर्दथ्यौं । वहाँको विश्वासमा अन्तिम पटक काठमाण्डौमा ५/७ लाख र अन्य प्रत्येक जिल्लाका सदरमुकामहरुमा पचासौं हजार जनता अन्तिम बिद्रोहको निम्ति भनेर सहभागी भएका थियौं । जनताहरु आफ्नो वर्गिय ,राष्ट्रिय , क्षेत्रिय र लिंगिय विभेदको अन्त्यको निम्ति पुर्ण विश्वासका साथ संघर्षमा होमिएका थिए । किनकी हामीले भनेका थियौं कि यि सबै अन्तर बिरोधहरुको समाधान हामीले मात्र दिन सक्दछौ ।

एकताको प्रारम्भमा हामी सबै खुशी थियौं , प्रसन्न थियौं किनकी वामपन्थीहरुको एकताले मात्रै देश अग्रगमनको दिशामा अगाडि बढ्ने छ र हामीले हिजो उठाएका सबै प्रश्नहरुको समाधान हुनेछ भनेर विश्वस्त भएका थियौं । तर,आज तीन वर्षको समीक्षाबाट हामी यो निष्कर्षमा पुग्दछौ कि,यी प्रश्नहरुको समाधान वर्तमान नेतृत्वबाट सम्भव छैन । यो परिवेशमा हिजोको मेरो नेतृत्व के गरिरहेको छ ? मेरो नेतृत्वको दृष्टिकोण के हो ? हिजो ती आफूूले स्थापित गरेका एजेण्डाहरुबाट पछाडि फर्कनु भएको हो वा दिमागमा राखेर बस्नु भएको छ ? जसरी मेरी दिदीको विवाह पश्चात् दिदीका सबै सीप , कौशलता र स्फुर्ती अर्काको अधिनमा परेर समाप्त भएका थिए । यहाँ कतै त्यस्तै त भएको छैन ?आजभोलि वहाँको भाषण फुरेको छैन , प्रशिक्षण फुरेको छैन , वहाँका कुम हल्लिएका छैनन् , हातका बुढी औंलाहरु घुमेको देखिँदैन, वहाँका कुर्कुच्चा उठेको देख्न सकिन्न ।

त्यत्रो युगको नेतृत्व गर्ने आँटका साथ समाजका सबै विभेदहरुको अन्त्य गर्ने हिम्मतका साथ इतिहासमा जन्मेको युग पुरुष बालुवाटारको जम्माजम्मी नौ जनाको व्यवस्थापनमा कसरी समय वर्वाद गर्न सक्छ र ? मेरो नेतृत्वलाई के यस्तो बाध्यता आइपरेको छ ? कस्ले कुन परिवन्दमा अल्झाइ दिएको छ जस्ले गर्दा जनताले खोजेका प्रश्नहरुको समाधान वहाँबाट हुन सकिरहेको छैन । आफूूले जन्माएको शिशु आँफैले लावारिश छाड्न मिल्दैन भन्छन् । तर मेरो नेतृत्व राष्ट्रमा घटेका कैयौं राष्ट्रिय महत्वका घटनाहरुमा समेत बोल्नै सक्दैन। अहँ यसरी हुदैन । हजारौंको वलिदानबाट जन्मिएको नेतृत्व, जन्मिएको विचार, स्थापित भएका एजेन्डालाई मर्न दिनु हुदैन । विचारलाई परिवन्दले बाधेर राखिनु हुदैन । अब सोँच्नु पर्ने समय आएको छ, तीन वर्षको अनुभवले प्रमाणित गरेको छ कि, त्यस् ठाउँबाट इतिहासको रक्षा र अग्रगमनको नेतृत्व गर्न सकिदैन किनकी मेरो नेतृत्व जुन ठाउँमा छ त्यस्को नेतृत्व प्रारम्भ देखि नै अग्रगमनका विपक्षमा उभिएको इतिहास छ ।

संविधानसभा, संघियता र राजतन्त्र बिरुद्दको संघर्षलाई आत्मसात गरिएको थिएन । त्यसैले त अग्रगामी कार्यदिशा र नेतृत्व बीचको अन्तरबिरोध यतिबेला टक्राइरहेको छ । यसर्थ त्यो नेतृत्वबाट हामीले हिजो उठाउँदै आएका र संविधानसभामा समावेश गरिएका र गर्न बाँकी एजेण्डाहरु स्थापित र कार्यनयन गर्न सकिदैन । प्रश्न एकता वा संगठनको होईन प्रश्न विचारको हो, दृष्टिकोणको हो र अग्रगमनको हो । यदि यी सबै कुरा नशबन्दी गरिएका छन् र इतिहासलाई पछाडी धकेल्न खोजिएको छ भने त्यो एकता, त्यो कमिटी, त्यो सरकार, त्यो बालुवाटार त्यस्को के अर्थ रहन्छ र ? यदि मेरो स्वतन्त्र विचारमा रोक लगाइन्छ र मेरो अग्रगमनमा प्रतिबद्ध लगाइन्छ भने मैले विद्रोह गर्ने आटँ गर्नै पर्दछ ।

विवाह बन्धनमा बाधिएर मात्रै घरबार हुँदैन । ‘श्रीमान श्रीमती एउटै कोठामा त छौं तर,कोठाको दुई पलङमा मनका अनेकौं चिन्तनका साथ रातहरु र वर्षहरु बित्ने गर्दछ्न्’जब मन र विचार मिलेको छैन भने, ठिक त्यसरि नै एउटै कमिटीमा भएर पनि जब विचार र दृष्टिकोण मिलेको छैन भने शंका र आशंकाका पोका पन्तरा जम्मा गर्नु बाहेक अरु के पो हुन सक्दछ र । ब्यवहारमा पनि यहि कुरा भैरहेको हामीले बुझ्न सक्दछौ। अझै बरबाद भै सकेको छैन । हामी सबैले ती कुराहरू संस्मरण गर्दै अग्रगामी विचार भएकाहरु पुन एक ठाउँमा गोलबन्द हुनु पर्दछ र जनताको नेतृत्व गर्नु पर्दछ । होइन भने इतिहासले हामी सबैलाई धिक्कार्ने छ । हामी जनतालाई सपन देखाउने र जगाउने पछि आफैले ती सपनाहरूको बलात्कार गर्ने गद्द्दारहरुको सुचिमा पर्ने छैनौं ।

मलाई विश्वास छ मेरो नेतृत्वले फेरि एक पटक अग्रगमनको नेतृत्व गर्ने हिम्मत गर्ने छ र आफ्नो इतिहास यति छिटै समाप्त गर्ने छैन । हामी सबैले आँखा खोलौं, हाम्रा विचार र एजेन्डाहरु माथि बलात्कार गरिरहँदा चेतना शून्य प्राणि जस्तै मुकदर्शक बन्ने कार्य नगरौं । फेरि एक पटक डिएनएका आधारमा ( यदि यो तीन वर्षमा सम्पूर्ण रक्त परिवर्तन गरिएको छैन भने ) एकता बद्ध बनौं । तब मात्रै हामी लक्ष्यसम्म पुग्ने छौं र हाम्रो इतिहासको रक्षा हुनेछ । अतः हाम्रो विभाजन र एकताको समिक्षा गर्दै पञ्चगमन र भ्रष्टाचारका विरुद्ध धावा बोल्दै, राष्ट्र र राष्ट्रिय एकतालाई एकताबद्द गर्दै जनता र राष्ट्रका एजेण्डा जो हामीले हिजो उठाएका थियौं र जनतालाई आशा र विश्वासमा लिएका थियौं, त्यस्को जगमा टेकेर सबैले म म भन्दै आत्म समिक्षाका साथ हिजो एउटै विन्दुमा उभिएकाहरुको डि .एन.ए. मिलाएर अगाडि हिम्मत गरौं ।

जसको सम्मान जहाँ हुन्छ त्यो ब्यक्ति सोही ठाउँमा बस्नु पर्दछ । हाम्रो सम्मान जनताको बीचमा हुन्छ, लोभी पापिहरुको महलमा होइन । आशा छ मलाई मेरो नेतृत्वले आफ्नो आत्म समीक्षा गर्नेछ । लोभी पापिहरुको महलबाट बाहिर निस्किने हिम्मत गर्ने छ र हामी सबैलाई एकीकृत र गोलबन्द गर्दै अगाडि बढ्ने छ र ’निरन्तरतामा क्रमभंग’ गर्ने आफ्नै भनाइलाई व्यबहारमा कार्यान्वयन गर्ने छ भन्ने विश्वासका साथ नेतृत्वको प्रतीक्षामा बसिरहेको कुरा स्मरण गराउन चाहान्छु ।

अन्त्यमा वहाँको विचार पुन: स्मरणको लागि ‘विचारधारात्मक र राजनैतिक कार्यदिशाले पार्टी र आन्दोलनको विकासमा निर्णायक भूमिका खेल्ने कुरा सहि हुँदाहुँदै पनि यदि कार्यदिशा अनुकुलको सगंठनात्मक संरचना र कार्यशैलीमा कार्यदिशाको माग अनुसार क्रान्तिकारी रुपान्तरण हुन सकेन भने अन्ततः गलत संगठानात्मक संरचना र कार्यशैलीले कार्यदिशाको क्रान्तिकारी आत्मालाई निल्ने र अवसरवादी कार्यदिशाको विकास गराउँछ।’

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने