ताजा अपडेट »

थप २१३ जनामा कोरोना, संक्रमितको संख्या ३४४८ पुग्यो

आइतबार, २५ जेठ २०७७, १६ : ३०
4 Shares

बुटवल । नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा देशभर गरी २१३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। डिस्चार्ज हुनेमा ३९९ जना पुरुष र ६८ जना महिला रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।