ताजा अपडेट »

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, देवकोटाको ठाउँमा गौतम

आइतबार, २५ जेठ २०७७, १६ : १६
6 Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता फेरिएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको ठाउँमा डा.जागेश्वर गौतमलाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयले जनाएको छ । यस अघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।