२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

चीनको वुहानबाट 30 December 2019 मा सुरुवात भएको कोरोना भाइरस (Covid-19) को संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । यस भाइरसले विकसित देशहरु अमेरिका,बेलायत ,इटली,भारत लागाएत विश्वका करिव २०६ देशहरु तथा नेपालमा यसको जोखिम पछिल्लो समयमा अत्यन्तै आक्रामकरुपमा बढ्दो क्रममा रहेको छ । अब यस कोभिडको संक्रमणले कुन रुप लिने हो र यसको अवस्था कस्तो हुने भन्ने भविष्यवाणी गर्न कसैले पनि सकेका छैनन् । यो महामारीले मानिसहरुको जनजीवनमा एकदमै कष्टकर र त्रासयुक्त वातावरण बनाएको छ । शक्तिशाली देशहरुमा पनि यो महामारीले संकट उत्पन्न गराएपछि यसको प्रभाव विकसित,अल्पविकसित र निम्न विकसित देशमा उत्तिकै बढिराखेको छ ।

Advertisement

यस महामारीले विश्वको अर्थव्यवस्था थला परेको छ । विभिन्न अध्ययनका अनुसार सन् १९३० मा आएको महामन्दीको भन्दा बढी आर्थिक मन्दीको अवस्था आउने अनुमान गरिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा फ्रान्सबाट आएकी एक युवतीमा Covid-19)देखिएपछि बिस्तारै यसले हाम्रो देशमा ठूलै रुप लिई सकेको छ । देशमा विकासले गति लिन लागेको बेलामा यो महामारीले नेपालको जनजीवनमा थप कष्टकर तुल्याएको छ । अझ भनौं काम नगरी खान नपुग्ने,बिहान काम गरि बेलुका खाने , छोराछोरीको नानाचाचा दैनिक ज्यालादारीबाट नै पुर्याउने आदि अन्त्यन्तै दयनीय स्थितिमा रहेका घरपरिवारलाई झन् यसले भोकमरी नै निम्त्याएको छ । नेपालमा मानिसहरु कोरोनाले भन्दापनि भोकमरीले नै मरिने हो कि भन्ने सन्त्रास छ ।

कुनै रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ । कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ । सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड समेत निर्धारण गरेको छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ ले क्वारेन्टाइनलाई विभिन्न किसिमले व्याख्या गरेको छ । क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आंकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तिमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ ।

सरकारको निम्न मापदण्ड अनुसार क्वारेन्टाइनमा हुनुपर्ने विभिन्न सेवा तथा व्यवस्थाहरु उल्लेख गरिएका छन् । जस्तैः
– विशेषगरी सम्भव भएसम्म शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको
– विद्युत, पानी लगाएतका आधारभूत सेवाको उपलब्धतता
– कोठाको व्यवस्थापन (प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने)। ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुल सहितको खाट।
– क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्रीसहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन (आवश्यकता अनुसार) हुनुपर्ने । जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख छ ।

यो सहित अन्य धेरै व्यवस्था यस मापदण्डमा उल्लेख गरिएका छन् । तर नेपालमा हाल व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन स्थलमा यी सबै कुराहरु न्यूनतम पनि देख्न पाईंदैन । यी मापदण्डहरु पढ्न मात्र पाइन्छ र सैद्धान्तिक रुपमा मात्रै सीमित रहेका छन । सरकार करिब १० अर्ब खर्च यसैमा गरेको छ । तर, वास्तविक पीडित र नाजुक अवस्था भएकाले राहत तथा कोभिड–१९ को सेवा र सुविधा भने पाएका छैनन् । ‘क्वारेन्टाइन भनेको अस्पताल जस्तै हुनुपर्छ । त्यहाँ रहेका शंकास्पद व्यक्तिको हरेक दिन स्वास्थ्य परीक्षण गर्ने, कुनै समस्या या लक्षण देखिए अस्पतालमा रिफर गर्ने व्यवस्था हुनुपर्छ । तर,यहाँ त क्वारेन्टाइन भनेको त जबरजस्ती एउटै कोठामा कोचा–कोच गरेर राख्ने गरिएको छ । अपराधीलाई जस्तो गरी थुनेर राखिएको छ । क्वारेन्टाइन भद्रगोल र मापदण्ड अनुसार नहुँदा कोरोनासहित अन्य संक्रमणको जोखिम अत्यधिक हुने कुरामा दुई मत नै छैन । ‘स्थानीय तहमा व्यवस्था गरिएका क्वारेन्टाइन स्थलमा डाक्टर छैनन्, नर्स छैनन्, एम्बुलेन्स छैनन् । न क्षमता नै छ । यो गलत हो । प्रत्येक क्वारेन्टाइन मापदण्ड अनुसार हुनुपर्ने हो ।

सरकारले निश्चित मापदण्ड निर्धारण त गरेको छ । तर, त्यो मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन भएका छैनन्। क्वारेन्टाइनमा राख्ने व्यक्तिको सामाजिक दूरी कायम गरिएको छैन । भाइरसको संक्रमण भएका र नभएका पनि एकै ठाउँ यसरी राख्दा क्वारेन्टाइनमा राखिएका प्रत्येक व्यक्तिमा उच्च जोखिम बढ्दै गई राखेको छ । क्वारेन्टाइनमा आउने र बस्नेलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको छ । यसरी स्वदेश तथा विदेशबाट घर आउँदा ठूलो अपराध गरेर आएको जस्तो गरि व्यवहार गर्ने गरिन्छ । यो समकालीन समाजको चेतना माथि नै प्रश्न उठ्ने गरि गरिने यस किसिमका ब्यवहारले हाम्रो समाज र सामाजिक चेतनास्तर निकै नाजुक छ भन्ने बुझिन्छ।

तसर्थ मानवले यस्ता किसिमका प्राकृतिक तथा अप्राकृतिक महामारीहरुबाट बच्दै आएको छ । पृथ्वीमा मानव सर्वश्रेष्ठ कहलिएको इतिहास वाट प्रष्ट छ । अब पनि संभव छ अयखष्म को महामारी विरुद्ध हामी लड्न सक्षम हुने छौ । कोभिड प्रास्त हुनेछ । नेपाली समाजमा यसको चेतना र जानकारीको अभावले गर्दा समाजमा सामाजिक भेदभाव र असहिष्णुता ल्याउने जोखिम निकै छ । कोभिड–१९ को रोकथाम र सामाजिक सहअस्तित्व कायम राख्न सरकार तथा स्थानीय सरोकारवालाहरुले अझ बढि वस्तुनिष्ठ र उचित तरिकाबाट प्रभावकारी कदम चाल्नु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ