ताजा अपडेट »

खाँडको प्रश्न : कालापानी क्षेत्रलाई बजेट खै ? के कागजमा मात्र भूमी फिर्ता ल्याउन खोजेको हो ?

आइतबार, २५ जेठ २०७७, १५ : ४८
8 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले लिपुलेक, कालापानी र लिम्पियाधुरामा  हरेक मन्त्रालयले बजेट छुटयाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो माग गरेका हुन् । 

“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । संसदको लोगोमा पनि हामीले त्यसलाई परिष्कृत गरेका छौं,” उनले भने, “तर, सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौ हामीले । रक्षा, ऊर्जा, गृह मन्त्रालयको बजेटमा हेर्यौ कहीं पनि त्यहाँको लागि बजेट छुटयाएको छैन । के कागजमा मात्र फिर्ता ल्याउन खोजेको हो ? ”

ईश्वरको नाममा शपथ नखाने मन्त्रीहरुले क्‍वारेन्टिनमा बसेका बिरामीहरुलाई कसम खुवाएर पठाइरहेकामा पनि उनले आपत्ति जनाए । ‘इश्वरका नाममा सपथ नखाने मन्त्रीहरु क्वारेन्टाइनमा बसेका नागरिकलाई कसम खुवाएर घर पठाइरहेका छन्,’ उनले भने, ‘घरमा बालबालिकालाई नभेट्नु, छरछिमेकीलाइ नभेट्नु भनेर कसम खुवाउने काम भइरहेको छ। यो आपत्तिजनक छ ।’

‘सरकार असफल भइसकेको छ । प्रधानमन्त्री असफल भइसक्नुभएको छ। सत्तासीन पार्टी असफल नबनोस् । असफल सरकारलाई कहिलेसम्म बोक्ने ? असफल प्रधानमन्त्रीलाई कहिलेसम्म बोक्ने ?’ कांग्रेस प्रमुख सचेतक खाणले भने, ‘सत्तासीन पार्टी गम्भीर बनोस् । तत्काल यो असफलतालाई बदल्नका लागि तयार हुनुस् । मुलुक असफल बन्न सक्दैन । सरकार असफल होला । प्रधानमन्त्री असफल होला । सत्तासीन दलले गम्भीर निर्णय गरोस् ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।