ताजा अपडेट »

जनता समाजवादीमा नेतृत्वको विवाद मिल्यो, तीन अध्यक्ष रहने

आइतबार, २५ जेठ २०७७, १४ : २१
2 Shares

काठमाडौँ । तत्कालीन समाजवादी र राजपाबीचको एकताबाट बनेको जनता समाजवदी पार्टी जसपामा ३ जना अध्यक्ष रहने भएका छन् । लामो समयदेखि विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व विवाद मिलाएको छ । नयाँ समझदारीअनुसार उक्त पार्टीमा अब पाँच जनता पदाधिकारी रहनेछन् ।

तीन जना अध्यक्षमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहनेछन् । तीन अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारीमा नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि रहनेछन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएको हिजो शनिबार ४५ दिन पुगिसकेको छ । गत वैशाख १० मा समाजवादी र राजपा मिलेर जनता समाजवादी दल बनाउने गरी एकीकरण घोषणा गरे पनि निर्वाचन आयोगमा दल दर्ता भइसकेको छैन। दल दर्ताका लागि निवेदन दिएको ४५ दिनमा दुई पार्टीका शीर्ष नेता छलफलमा जुटेका हुन्। नेतृत्व विवाद मिलेसँगै एकताको निवेदन दर्ता गर्न जान लागेको पार्टीका नेताहरु निर्वाचन आयोग जाने तयारी गरेका छन् । आजै जनता समाजवादी पार्टीले आफ्नो नयाँ विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।