ताजा अपडेट »

डर्टमण्डको कठिन जित

आइतबार, २५ जेठ २०७७, १२ : ०२
10 Shares

काठमाडौं । जर्मन लिग बुण्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले हेर्था बर्लिन विरुद्ध कठिन जित निकालेको छ । शनिवार राति भएको खेलमा इम्रे केनको गोलमा डर्टमण्डले हेर्थालाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई पहिलो हाफमा हेर्थाले गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको ५७औं मिनेटमा केनले गोल गरे । जुन निर्णायक बन्यो । जितपछि ३० खेलबाट ६३ अंकसहित डर्टमणड दोस्रो स्थानमा छ । समान खेलबाट ७० अंकसिहत बायर्न म्युनिख शीर्ष स्थानमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।