Aug 8, 2022
काठमाडौं । कोरोना महामारीले विश्व आक्रान्त भैरहेको बेला अझै यो भन्दा पनि खतरनाक महामारी आउनसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमण बढ्दै गएको कारण मानिसले वन्यजन्तुबाट मानिससम्म फैलिने घातक भाइरस अझै आउन सक्ने बताएका हुन् ।
ती वैज्ञानिकले नयाँ रोगको स्रोतको अध्ययन गर्ने क्रममा त्यसको ढाँचाको आधारमा पहिचानको प्रक्रिया विकसित गरेका छन् । यसमार्फत् कुन जीवमार्फत् पैदा भएको रोग मानिसका लागि अत्यधिक खतरनाक हुनसक्छन् भनेर पत्ता लगाउन सकिन्छ । लिभरपुल विश्वविद्यालयका प्राध्यापक म्याथ्यू बायलिसले भने ‘वन्यजन्तुबाट तुफानको गतिमा संक्रामक रोग फैलिन सक्ने एक खालको वातावरण बनिसकेको अवस्था छ’ । उद्यपी उनले यो महामारी कहिलेसम्म आउने सम्भावना छ भन्नेबारे खुलाएनन् ।
‘पछिल्ला २० वर्षमा हाम्रो सामुन्ने ६ विभिन्न प्रकारका ठूला खतरा पैदा भए । सार्स, मर्स, इबोला, एभियन इन्फूएन्जा र स्वाइन फ्लू । हामीले पाँचवटा त पार गर्यौं तर छैठौं…?’ बायलिसले भने ‘र यो अन्तिम महामारी पनि होइन । तसर्थ हामीले वन्य जन्तुको रोगलाई नजिकबाट बुझ्न आवश्यक छ ।’
यो नै अन्तिम महामारी नभएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘तसर्थ हामीले वन्यजन्तुका रोगबारे राम्रोसँग अध्ययन गर्न जरुरी छ।’ लन्डन विश्वविद्यालयका प्राध्यापक केट जोन्सका अनुसार प्रकृतिमा मानवले गरेको हस्तक्षेपकै कारण धेरै संक्रामक रोगको जोखिम बढाइरहेको हो।
जंगल फँडानी गर्नु र विभिन्न जीव जन्तुको आवास र खाना अतिक्रमण गर्नुलगायतका हाम्रा विभिन्न व्यवहारले जनावरबाट मानिसमा सर्ने यस्ता रोग फैलन मद्दत गरिरहेको कुरामा विभिन्न वैज्ञानिकको सहमति छ । बीबीसी
प्रतिकृया दिनुहोस्