ताजा अपडेट »

देशभरका मालपोत कार्यालय आजदेखि खुुुला

आइतबार, २५ जेठ २०७७, ०७ : ५९
4 Shares

काठमाडौं । आजदेखि देशभरका सबै मालपोत कार्यालय खुुुलाहुँदै छन् । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो । यसैगरी उच्चस्तरिय समितीको सुझावपछि लकडाउन थप खुकुलो बनाईने अपेक्षा गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।