२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । लकडाउनकै अवस्थाबीच विकास निर्माण, अत्यावश्यकीय सेवा र बैंकिङ कारोबार केही खुकुलो बनाउने कार्ययोजना तयारीमा उच्चस्तरीय समन्वय समिति जुटेको छ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकमा बन्दाबन्दीबीच आर्थिक क्रियाकलाप, विकास निर्माण, उद्योग व्यवसाय र अत्यावश्यकीय सेवा केही खुकुलो बनाउने प्रस्तावबारे छलफल भएको छ। उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण बिडारीका अनुसार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृहमन्त्रालयद्वारा जारी सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गर्नैपर्ने सेवाका विषयमा बैठकमा छलफल भएको छ।

बिडारीले भने, ‘लकडाउनबीच पनि सेवा सहज बनाउनेबारे पहिलो चरणमा छलफल भयो। चरणबद्ध रुपमा छलफलपछि बन्दाबन्दीको स्वरुपबारे छिट्टै निर्णय हुन्छ। बैंकिङ कारोबार, अत्यावश्यक सेवा, उपचार, प्रयोगशालालाई सहजता दिँदै अगाडि बढ्ने योजना छ।’आजको गोरखापत्र दैनिकबाट 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ