२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

दाङ । लमही अस्पतालको विच भागमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेन्टर बन्ने भएको छ । उद्यमशिल सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेन्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनको लागि स्थानीय सरकारले अन्यत्र व्यवस्थापन गर्ने भएको हो ।

लमही नगरपालिकाले ३५ दिन भित्र सहकारी संस्थालाई कार्यालय अन्यत्र सार्न आग्रह गर्दै पत्र लेखेको थियो । सोही पत्रको आधारमा शनिबार माननीय सांसद रेवतीरमण शर्मा, माननीय सांसद सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेसहित सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, पूर्व अध्यक्षहरुसहितको बिशेष बैठकले ट्रमा सेन्टरको लागि ठाउँ खाली गर्ने, सहकारी संस्थाको व्यवस्थापनको लागि विकल्पहरुको खोजी गर्न एउटा कार्यदल समेत गठन गरिएको छ । प्रदेश ५ सरकारले आगामी आर्थिक बर्ष कार्यान्वयन हुने नीति तथा कार्यक्रममा समेत लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने बिषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । बुहबर्षिय ठेक्का मार्फत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ट्रमा सेन्टर बनाइने प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले स्पष्ट पारे ।

‘यहाँ ट्रमा सेन्टर आवश्यक छ, भनेर धेरै पटकका छलफल र बहसमा कुरा उठाईयो । प्रदेश सरकारले प्रथामिकतासाथ लमहीमा ट्रमा सेन्टर बनाउने योजनालाई समेटेको छ’ शर्माले भेने, ‘लमहीदेखि पूर्व वुटवल र पश्चिममा कोहलपुरसम्मको भू–भागमा कति कतै सुविधा सम्पन्न अस्पताल नहुँदा नागरिकले उपचारको लागि निकै सास्ती खेप्नु प¥यो ।’ अब उपचारको लागि सास्ती खेप्नु पर्ने छैन् । बिरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याइने छ ।’ ट्रमा सेन्टर बनाउन ४० करोडको बजेट प्रक्षेपण गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ