ताजा अपडेट »

शल्यक्रिया सामाजिक क्लवद्वारा आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा अन्तरक्रिया

शनिबार, २४ जेठ २०७७, २१ : १२
14 Shares

बुटवल । बुटवलमा क्रियाशील सामाजिक क्लव शल्यक्रिया सामाजिक क्लवले संघिय सरकारले संयुक्त सदनको बैंककमा आर्थिक वर्ष २०७७/७८ वार्षिक बजेटकाे बारेमा अन्तरक्रिया कार्यक्रम (भर्चुअल माध्यमबाट) सम्पन्न गरेकाे छ ।

कार्यक्रममा बरिस्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले बजेट निमाण प्रक्रियाकाे विगतको आवश्यक माेडल प्रदान गर्नुका साथै आगामी वर्षका लागि पेस गरिएको बजेटमा केही सकारात्मक पक्ष समाबेश गरिएको भएता पनि विकास खर्च अासातित रुपमा बढ्न नक्कनुलाई कम्जोर पक्षका रुपमा उल्लेख गरे । साेहि कार्यक्रममा युवा अर्थशास्त्री हुमराज भुसालले बजेटमा समाबेश गरिएका अधिकाशं कुराहरु प्रत्यक्ष रुपमा आम जनताको जीवनस्तर सँग जाेडिएकाले जनतामा सकारात्मक सन्देश प्रवाह गराएकाे बताउनु भएको थियोे । साथै ईतिहासमा नेकपा र यस सरकारले विकास निमाणका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट निमाण गरेकोले आलाेचना गरिएको बताएका थिए ।

उक्त कार्यक्रममा प्राध्यापक डाक्टर सुरेन्द्र गिरीले बजेटले जनस्वास्थ्य , शिक्षा , कृषि लाई केन्द्रमा राखेर आएकाले आलाेचना गर्न सकिने ठाउँ नभएको बताउनु भएको थियाे । कार्यक्रममा अध्यापक प्रेम प्रसाद पाैडेल , सहभागीहरु टिकाराम घिमिरे ,नमराज पाण्डे , राजेन्द्र भुसाल , बिनाेद भुसालले जिज्ञासा राखेका थिए । जसलाई प्राध्यापक डाक्टर ज्ञवालीले सम्बाेधन गरेका थिए । यस कार्यक्रमकाे सहजीकरण क्लवका सदस्य युवा साहित्यकार कृण्ण घिमिरे गाउँलेले गरेका थिए । साेहि कार्यक्रममा क्लवका भावि कार्यक्रम तथा विषयवस्तुका बारेमा कृष्ण घिमिरे गाउँलेले सहभागी सबैलाई जानकारी गराएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।