ताजा अपडेट »

अर्घाखाँचीमा छुट्टाछुट्टै घटनामा परी ४ जनाको ज्यान गयो

शनिबार, २४ जेठ २०७७, २० : ५४
18 Shares

सन्धिखर्क । अर्घाखाँचीमा छुट्टाछुट्टै घटनामा परि चार जनाको ज्यान गएको छ । रुखबाट लडेर एक, ट्याक्टरले किच्दा एक, किटनाषक औषधी सेवन गर्दा एक र झुन्डिएर एक गरी चार जनाको ज्यान गएको हो । रुखबाट लड्दा मालारानीमा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मालारानी गाउँपालिका- ९, गोखुङ्गाकी ४७ बर्षीय फुलमती परियारको रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै शितगंगा नगरपालिकामा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । बालुवा झारेर अमराई बजार जाँदै गरेको लु ३ त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा- ४, गोर्थुमका ४२ वर्षीय रामु बिकको मृत्यु भएको हो ।

त्यसैगरि यस्तै किटनाषक औषधी सेवन गर्दा सन्धिखर्कमा एक जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका- ९, हिले स्थित धर्मराज भुसालका छोरा १६ वर्षिय सुदिप भुसालको बिषादी सेवन गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए । यस्तै मालारानी गाँउपालिका- ८ सिलिङखोला बस्ने ६९ वर्षिय लालीकुमारी जिसीको झुन्डिएको अवस्थामा शव फेला परेको छ । घरदेखी करिब एक किलोमिटर टाढा फुलपाती सामुदायिक जङगलमा काफलको रुखमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी हंसपुर प्रहरी सहायक निरिक्षक गोपाल बहादुर चन्दले जानकारी दिए । -लक्ष्मण घिमिरेको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।