२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सन्धिखर्क । देउराली यातायात प्राली अर्घाखाँचीले लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई ८० लाख बराबरको राहत वितरण गर्ने भएको छ । संस्थाको शनिवार बसेको सञ्चालक समितिको बैठकले गाडीधनी, चालक, सहचालक र कर्मचारीलाई ८० लाख रकम (राहत) वितरण गर्ने निर्णय गरेको देउराली यातायात प्राली अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले बताए ।

बैठकले प्रति गाडी धनिलाई ४३ हजारका दरले राहत दिने निर्णय गरेको हो । यस्तै चालकलाई ५ हजार, सहचालकलाई २ हजार र कर्मचारीलाई प्रतिव्यक्ती ५ हजारका दरले राहत दिने निर्णय भएको संस्थाका बरिष्ठ उपाध्यक्ष भेषबहादुर क्षेत्रीले जानकारी दिए ।  बैठकले चालक, सहचालक र कर्मचारीको एक लाख बराबरको कोरोना बिमा समेत गर्ने निर्णय गरेको छ । यसअघी प्रालिले कोरोना भाइरसको महामारीसंग लड्न जिल्लाका ६ वटै पालिकाहरुलाई १ लाख १ हजारका दरले ६ लाख ६ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।    

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा