ताजा अपडेट »

आज ३२ जनाले कोभिड–१९ जिते

शनिबार, २४ जेठ २०७७, २० : १४
6 Shares

काठमाडौं । कोभिड- १९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हुँदै गएको छ।  अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन् । शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले शनिबार विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए। डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् ।जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औँ दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन्। यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका  उनीहरु १५औँ दिनदेखि १७औँ दिनमा डिस्चार्ज भएका हुन् । 

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११औँ देखि १४ दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि शनिबार डिस्चार्ज भएका छन्। सुर्खेतका ६ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् । पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।