ताजा अपडेट »

लोकदोहोरी प्रतिष्ठानको क्यालेण्डर विमोचन, डिप्रेशनमुक्त बनाउने सँगीत सिर्जनामा जोड

शनिबार, २४ जेठ २०७७, १८ : ४५
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लामो समयको लकडाउनको असरले गर्दा जनमानसका नैराश्यता तथा डिप्रेसन जस्ता रोगहरु देखा पर्न थालेको अवस्थामा संगितको माध्यमबाट उक्त समस्यालाई निराकरण गर्न सकिने भएकाले यस्तो समस्यालाई मध्यनजर गर्दै गीत संगितको रचना तथा वितरण गर्नको लागि कलाकारहरुसँग अनुरोध गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ द्वारा प्रकासित भित्तेपात्रोको शनिबार एक कार्यक्रमका बीच विमोचन गर्दै मेयर सुवेदीले डिप्रेशन र नैराश्यताले गर्दा समाजमा आत्म हत्या बढेकोले यसलाई रोक्नको लागि त्यस्तो किसिमको गीतसंगित रचना गरिदन कलाकारलाई आग्रह गरे । कला संस्कृति राष्ट्रको गहना भएकोले यसको संरक्षण र उत्थानमा सबै अग्रसर हुनुपर्नै भन्दै स्थानीय सरकारको हैसियतले बुटवल उपमहानगरपालिकाले पनि लोक संस्कृतिको जर्गेना र संरक्षणमा विशेष ध्यान दिएको बताए । कला साहीत्यको संरक्षण, सम्वर्धन र उत्थानका लागि बुटवल उपमहानगरले कला साहीत्य परिषदको गठन गरेको जानकारी गराउदै उनले यसले कला संस्कृतिको उत्थानमा टेवा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालका केन्द्रिय सल्लाहकार खिम बहादुर हमालले लकडाउनका कारण जनजीवन नै प्रभावित बनिरहेको अवस्थामा लोक दोहोरी कलाकारहरुको यो सक्रियताले सम्पूर्णलाई उत्प्रेरणा प्रदान गरेको बताए । लकडाउनकै अवस्थामा पनि कलाकारहरुले विभिन्न रचना मार्फत समाजमा उत्प्रेरणा प्रदान गरिरहेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेले कला संस्कृति राष्ट्रको गहना भएको र यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेको बताउदै कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउनुपर्ने बताए ।

साथै कला संस्कृतिको जर्गेना र संरक्षण गर्नु सरकारको पनि दायित्व भएको भन्दै आगामी बजेटमा कला संस्कृतिको क्षेत्रमा उलेख्य रुपमा बजेट विनियोजन गर्नको लागि प्रमुख सुवेदी सामु आग्रह समेत गरे । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालका केन्द्रिय सचिव प्रचण्ड जि.सी., जिफन्टका केन्द्रिय नेता नारायण भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं.५ का बरिष्ठ उपाध्यक्ष नारायण थापा, प्रथम उपाध्यक्ष दिपु मगर, द्वितीय उपाध्यक्ष नारायण विपि परियार, सदस्यहरु रुकु पाण्डे, धन बहादुर गुरुङ, लक्ष्मण सुवेदी, दुर्गा नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल, रुपन्देहीका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष संजय सौगात लगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।