२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

फाइल तस्विर

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले बन्दाबन्दीका कारण रोजगारी गुमाएका एक सय जनालाई रोजगारी दिएको छ । नगरभित्रका सडक किनारामा पक्की नाली निर्माण तथा सडक कालोपत्र र मर्मतसम्भारलगायत काममा उनीहरुलाई रोजगारी दिएको हो ।

Advertisement

रामपुरको मुख्य बजार बेझाड क्षेत्रमा करिब ७१८ मिटर पक्की नाली निर्माण तथा ११० मिटर कालोपत्र सडक मर्मतको काम भइरहेको छ । बन्दाबन्दीले काम नपाएर घरमै बेरोजगार बसेका युवा अहिले काम गर्ने अवसर पाएपछि खुशी छन् । कोरनाको विषम परिस्थितिमा काम नपाएर बसेका युवालाई यसरी विभिन्न योजना सञ्चालन गरी स्थानीय सरकारले काम दिएमा फुर्सदको समय सदुपयोगसँगै कमाइ गर्ने माध्यम बन्ने गरेको स्थानीयवासी सागर रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि बन्दाबन्दी हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई नगरपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि यसमा आबद्ध भएका मजदुर खुशी भएका छन् ।”

गत जेठ १३ गतेदेखि शुरु गरिएको काम असार ८ गतेभित्र सम्पन्न गर्ने योजनाअनुसार नै निर्माण तथा मर्मतकार्यलाई तीव्रगतिमा अगाडि बढाइएको छ । हालसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक रोड बोर्ड नेपालको रु ४८ लाख ५६ हजार ११९ र स्थानीय सरकार रामपुर नगरपालिका र जनसहभागीता गरी ३० प्रतिशत सहयोगमा काम शुरु गरिएको उपभोक्ता समितिका सचिव अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

दुई वर्षअघि रामपुर बेझाड बजार क्षेत्रमा १६३ मिटर पक्की नाली निर्माण काम भइसकेको छ । मनदनआश्रित भवन अगाडि मुख्य नाली, स्याल्यापसहितको काम गरिएको छ । सो योजनाका लागि रामपुर नगरपालिकाले रु ५० लाख बजेट उपलब्ध गराएको थियो । त्यस्तैगरी बेझाड बजारकै राधाकृष्ण मन्दिरको उत्तर क्षेत्रमा पनि प्रदेश सरकारको रु ५० लाख सहयोगमा पक्की नाली निर्माणको काम भइरहेको छ ।

उच्च शिक्षाका लागि आर्थिक सहयोग

पाल्पाको माथागढी गाउँपालिका–३ का वडा सदस्य स्व निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षाका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । हृदयघात भई २०७६ जेठ १९ गते निधन हुनुभएका ठाडाका छोरी रञ्जिता ठाडालाई उच्च शिक्षा अध्ययनका लागि रु तीन लाख सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो ।

सामान्य परिवारमा जन्मनुभएकी रञ्जितालाई अभिभावक गुमाए पनि पठनपाठनमा समस्या नहोस् भनी उच्च शिक्षाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष मगरले बताउनुभयो । आफ्नो अध्ययनका लागि आर्थिक सहयोग गरेकोमा पढाइमा थप हौसला मिलेको रञ्जिताले बताउनुभयो । उहाँ कसेनीको दिव्यज्योति माविमा अध्ययन गर्दैै आउनुभएको छ । स्व ठाडाका एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग