ताजा अपडेट »

तिनाउमा घर फर्किनेहरुका लागि १ सय ४० वेडको क्वारेन्टाइन

शनिबार, २४ जेठ २०७७, १६ : ०४
6 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले भारतलगायत विभिन्न मुलुकमा रोजगारका लागि गएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी घर फर्किनेहरुलाई राख्न आवश्यक क्वारेन्टाइनको व्यवस्था गरेको छ । गाउँपालिकाले संकलन गरेको तथ्याङक अनुसार नेपाल बाहिर रहेका १ हजार ४ सय ५८ जना नागरिकहरुका लागि घर फर्ककेको अवस्थामा क्वारन्टाइनमा राख्न संरचना तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले जानकारी दिए ।

गाउँपालिकाका विभिन्न वडाहरुमा निर्माण गरिएको क्वारेन्टाइमा हाल सय जना बढी व्यक्तिहरु बसिरहेका छन् । हालसम्म तिनाउबाट रोजगारका लागि देशबाहिर गएका १ सय ५० जना नागरिक घर फर्किएकोमा ५० जना बढीलाई क्वारेन्टाइनमा १४ दिन बिताएर सामान्य स्वास्थय अवस्थामा घर पठाइएको छ । घर फर्किने व्यक्तिहरुका लागि विभिन्न स्थानमा १ सय ४० बेडको क्वारेन्टाइन निर्माण भएका छन् । वडा नम्बर १ का लागि कचलको युवावर्ष माध्यमिक विद्यालयमा २० वटा बेड, वडा नम्बर २ का लागि दोभान माविमा ३० बेड क्षमताको तथा वडा नम्बर ३ का लागि तिलोत्तमा मावि झुम्सामा २५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष घर्तिले जानकारी दिए । यसैगरी वडा नम्बर ४ को पृथ्वी प्रकाश मावि सत्यवतीमा २० वेड, वडा नम्बर ५ को कल्याणी आधारभूत विद्यालय, चौविस माईलमा २५ वेड तथा वडा नम्बर ६ का लागि मस्याम माविमा २० वेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।

आवश्यकता अनुसार क्वारेन्टाइनको क्षमतालाई वृद्धि गर्दै लगिने गाउँपालिकाले जनाएको छ । यसैगरी क्वारेन्टाइनमा बस्ने नागरिकहरुका लागि नियमित स्वास्थय परिक्षण, खाना नास्ता तथा व्यवस्थित बसाई मिलाइएको बताउँदै अध्यक्ष घर्तिले उनिहरु सबैको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको जानकारी गराए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।