२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

गलकोट । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।

Advertisement

निकै चिसो मौसम हुने यस क्षेत्रमा बिरलैमात्र घाम लाग्ने भएकाले सञ्चारको पहुँच राम्रोसँग पुग्न सकेको छैन । नेपाल टेलिकमले ढोरपाटनवासीलाई लक्षित गरी थ्रिजी क्षमताको टेलिकम टावर स्थापना गरेपनि पर्याप्त विद्युत् अभावमा टावर सञ्चालनमा समस्या आएपछि स्थानीयवासीले फोन गर्नका लागि समस्या झेल्दै आएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेको विकट क्षेत्र ढोरपाटनमा सोलारको माध्यमबाट टावर चलाउँदा घाम लागेपछि मात्रै टावर सञ्चालनमा आउने र घाम जानासाथ नेटवर्क जाने गरेको ढोरपाटन नवी गाउँका स्थानीयवासी देवबहादुर विकले जानकारी दिए । “यहाँ बिरलैमात्रामा घाम लाग्छ, महिनौँ हिउँले ढाक्छ”, विकले भने, “यस्तो प्रविधिको जमानामा पनि कतिखेर घाम लाग्छ र फोन गरौँला भन्ने अवस्था छ ।”

अत्यावश्यक सूचना आदानप्रदान गर्नसमेत घाम पर्खनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न सरोकारवालासँग माग गरे पनि सुनुवाइ नभएको अर्का स्थानीयवासी चकबहादुर अदैले गुनासो गरे । “रातमा नेटवर्क दिने कुरै भएन, दिनभर हुस्सु लागेमा दिनमा समेत फोन सम्पर्क बिच्छेद हुन्छ”, अदैले भने, “ठूलो क्षमताको सोलार राख्दा समस्या समाधान हुन सक्छ ।” नेटवर्कको समस्या हुँदा पर्यटकीय क्षेत्र ढोरपाटन आउने पर्यटकलाई समेत समस्या पर्दै आएको छ । यस क्षेत्रमा एक हजारभन्दा बढी घरपरिवार बस्दै आएका छन् । अत्यधिक चिसोका कारण अधिकांश घुम्ती बस्ती रहेको यस क्षेत्रमा ढोरपाटन शिकार आरक्ष र आरक्षको सुरक्षाका लागि सेनाको शत्रुमर्दन गुल्मसमेत रहेको छ । शिकार आरक्ष तथा गुल्ममा समेत नेटवर्कले समस्या हुने गरेको छ ।

टावर सञ्चालनका लागि क्षमताअनुसारको सोलार प्यानल जडान गरे पनि घाम नलाग्ने र चिसो ठाउँ भएकाले समस्या भएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । दुई वर्षअघि त्यहाँका जनतालाई लक्षित गरी टावर राखे पनि विद्युत् आपूर्ति नहुँदा समस्या भएको शर्माको भनाइ रहेको छ । “हामीले सोलारको क्षमता थप्दासमेत समस्याको समाधान नहुने देखियो”, शर्माले भने, “स्थानीय लघुजलविद्युत्ले उत्पादन गरेको विद्युत्बाट टावर सञ्चालनको तयारी छ, अहिले विद्युत्को पोल गाड्ने काम भइरहेको छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु