२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

Advertisement

नेपाली समयानुसार शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ । युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ । -एएफपी

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप