ताजा अपडेट »

तिलोत्तमामा दुर्गा आमा समुहको भवन शिलन्यास

शनिबार, २४ जेठ २०७७, १२ : १९
4 Shares

तिलोत्तमा । दुर्गा आमा समुह तिलोत्तमा-१० शान्तिनगरको नयाँ भवनको शिलन्यास गरिएको छ । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेका हुन् । न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रम तथा बजेट ल्याउन लागेको बताए ।

सोही वडाका अध्यक्ष व्यासमुनी चौधरीले व्यवस्थित कार्य सम्पादनका लागि भवन निर्माणले आमा समुहलाई सहयोग पुग्ने बताए । आमा समुहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष सहदेव चौधरी तथा स्थानीय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो । सिमा घिमिरेको सञ्चालन तथा शारदा नेपालको स्वागतमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।