ताजा अपडेट »

तीन लाख घुससहित पाल्पाका वडाध्यक्ष रुपन्देहीमा पक्राउ

शनिबार, २४ जेठ २०७७, १० : ५८
10 Shares

बुटवल । तीन लाख घुस सहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –७ बल्ढेङगढीका वडाध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित शनिबार पक्राउ परेका हुन् ।

शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिनेक्रममा आख्तियारको टोलीले उनलाई घुस सहित रंगेहात पक्राउ गरेको आख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । अख्तियारको टोलीले पुनलाई नियन्त्रणमा लिई अहिले मुचुल्का उठाउँदै गरेको सूचना अधिकारी भुसालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।