ताजा अपडेट »

अमेरिकी डिभी चिट्ठाको रिजल्ट आज आउने

शनिबार, २४ जेठ २०७७, ०९ : १४
8 Shares

काठमाडौं । अमेरिकी डिभी चिट्ठाको नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार  नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुनेछ।

डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने दूतावासले सूचित गरेको छ।अमेरिकामा रहेका नेपालीले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने  सूचनामा उल्लेख छ। दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि बेहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत जानकारी दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।