१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । शुक्रबार गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् । आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन् ।

Advertisement

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमितमा अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन् । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ । ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ । तीमध्ये भोजपुरमा पाँच पुरुष, झापामा एक पुरुष, सुनसरीमा एक बालिका र १२ पुरुष रहेका छन् ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ । ति कैलालीका चार पुरुष, अछामका एक पुरुष, बझाङका एक पुरुष र डडेल्धुराका पाँच पुरुष रहेका छन् । यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ । ति रामेछापका १७ पुरुष, काभ्रेका पाँचमध्ये तीन महिला र दुई पुरुष रहेका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेखका ९० जना रहेका छन् । तीमध्ये तीन महिला र चार वर्षीय बालक तथा ८६ पुरुष रहेका छन । यस्तै जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।

हुम्लाका एक पुरुष, रामेछाप हाल जुम्लामा बसेका एक पुरुष, दोलखा हाल जुम्लामा कार्यरत एक पुरुष, गोरखाका हाल जुम्लामा कार्यरत एक पुरुष रहेका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई पुरुष दाङका रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ । तिनीहरु गुल्मीका एक पुरुष, कपिलवस्तुकी एक महिला र ४३ पुरुष, कास्कीका एक पुरुष, महोत्तरीका १७ पुरुष र रौतहटकी एक महिला र एक बालकसहित पाँच पुरुष रहेका छन् । ४३ जना डिस्चार्ज आज एकै दिन ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । उनीहरु सातौँदेखि ११आँै दिनमा डिस्चाज भएका हुन ।

यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । उनीहरुको अस्पताल बसाई १४ आँै दिनदेखि ३० औँ दिनसम्म रहेको छ । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाईको छैटौँँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ । अहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण