ताजा अपडेट »

जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

शुक्रबार, २३ जेठ २०७७, २० : ३१
10 Shares

जुम्ला । जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणबाट उनमा कोरोना नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टिनमा रहेका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।