२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ ।

अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र एक मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।   यस्तै कार्यविधिमा मृतकले प्रयोग गरेका लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । मृतकको शरीरसँगै सिधै सम्पर्कमा आउने कार्यजस्तै मुसार्ने, अङ्गालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य भने गर्न नहुने, अन्त्येष्टिको कार्य सकेपछि सबै व्यक्तिले हात साबुनपानीले राम्ररी धुुनुपर्नेजस्ता कुरा अपनाउनुपर्ने कार्यविधिमा भनिएको छ । 

यस्तै बेवारिसे वा कसैबाट दाबी नभएका र कोभिड–१९ बाट मृत्यु भएको शङ्का लागेमा जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने उल्लेख कार्यविधिमा गरिएको छ । सङ्क्रमित भई मृत्यु भएको अवस्थामा शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीले सर्जिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, सकेसम्म मृतकको शरीर शवबाहनमा नै ल्याउनुपर्ने र शवबाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन बोक्ने व्यक्तिले मृतकको शरीर नछुने गरी बनाउनुपर्ने कार्यविधमा उल्लेख गरिएको छ । अन्त्येष्टि गर्दा व्यक्तिगत सुरक्षा कवच, मास्क, स्यानेटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने उल्लेख छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु