२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सप्तरी । प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा बोदे बर्साइन स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण भेटिएको बताउनुभयो । सप्तरीमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीमा उहाँ पहिलो हुनुहुन्छ । सङ्क्रमित स्वास्थ्यकर्मीलाई आज राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा रहेको आइसोलेसन सेन्टर ल्याइएको छ । यसअघि यही जेठ १५ गते सोही क्वारेन्टिनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीसहित क्वारेन्टिनमा बसेका १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि जेठ १३ गते सोही क्वारेन्टाइमा बसेका आठ जना सङ्क्रमित भएका थिए । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित देखिएको बोदे बर्साइनमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी सहायक निरीक्षक पनि जेठ १३ गते सङ्क्रमित भएका थिए ।

क्वारेन्टिनमा खटिएका प्रहरी, कर्मचारीपछि बोदे बर्साइन–५ भाटिनका ५० वर्षीय स्वास्थ्यचौकी प्रमुखमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका अन्य स्वास्थ्यकर्मी र कर्मचारी सशङ्कित भएका हुन् । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब दुई÷दुई सातामा जाँच गर्न स्वास्थ्यकर्मीले माग गरेका छन् । जिल्लाका १८ मध्ये १२ स्थानीय तहमा सङ्क्रमण देखिएको छ ।कोरोनासम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए ।

जिल्लाका सङ्क्रमित स्थानीय तहमा सञ्चारकर्मी बिना सुरक्षा उपकरण क्वारेन्टिनमा छिर्ने, अन्तर्वार्ता लिने, भिडियो बनाउने, फोटो खिच्ने, भारतबाट आएका र सीमामा रहेकाबीच गएर समाचार सङ्कलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेका उनले बताए । जिल्लामा क्वारेन्टिनमा बसेकासँगै प्रहरी, प्रशासन, कर्मचारी, स्वास्थ्यकर्मीको पिसिआर परीक्षण हुँदै आए पनि पत्रकारको नभएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा