२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

कोरोना संक्रमणको जोखिम बढ्यो : नेपाली मजदुर

Advertisement


बुटवल । सरकारले बन्दाबन्दीको अवधिमा उद्योग व्यववसायहरु सञ्चालनको अनुमती दिनुका साथै पूर्वाधार र विकास निर्माण सम्बन्धि कामलाई अगाडी बढाएपछि नेपाली कामदारहरुलाई राहत मिलेपनि कोरोना भाइरस संक्रमणको त्रास भने थपिएको छ । विशेषगरी भारतबाट नेपाल भित्रिने मालवहाक ट्रक तथा भारतीय चालक, सहचालकहरुका कारण आफूहरुमा पनि कोरोना संक्रमण हुन सक्ने उनिहरुले चिन्ता व्यक्त गरेका छन् ।

यस्तै एक उदाहरण, भारतीय मालवाहक गाडीहरु स्वास्थ्य सुरक्षा नअपनाएर नै उद्योगभित्र प्रवेश गर्न थालेपछि विहीबार नेपाल हाइड्रो बुटवलका कामदारहरुले कम्पनीका व्यववस्थापन पक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयरलाई समेत गुहारे । कहीँबाट भरपर्दो जवाफ र सुरक्षा उपाय नपाएपछि उनिहरुले कोरोना संक्रणको त्रासमा नै काम गर्नु परेको गुनासो गरेका छन् । ‘उद्योग सञ्चालनसँगै हुलका हुल भारतीय गाडी उद्योगमा भित्रिन थालेका छन् । गाडीमा आउने भारतीय चालक तथा सहचालकहरुको सामान्य ज्वरो परिक्षण बाहेक अरु केही भएको छैन ।’–गुनासो व्यक्त गर्दै कम्पनीमा कार्यरत कर्मचारी भुवन गिरीले आफूहरुको स्वास्थ्य अवस्था तथा स्वास्थ्य सुरक्षाका बारेमा सम्बन्धित पक्षले ध्यान नदिएको आरोप लगाए ।
‘गाडीको सेनिटाइजर भएको छैन, गाडीसँगै आएका चालक तथा सहचालकहरुले हामीले नै प्रयोग गर्ने धारा तथा सौचालय प्रयोग गरेका छन् ।’–कम्पनीमा कार्यरत अर्का कर्मचारी अमित क्षेत्रीले भने । ‘जनप्रतिनीधिहरुलाई फोन गर्दा आफै मिलाएर काम गर्नुस् भन्नु हुन्छ, कम्पनीका मालिकहरुले उद्योग सञ्चालनका लागि निर्देशन दिए पुग्यो ।’–गुनासो पोख्दै क्षेत्रीले उद्योग सञ्चालनका पक्षमा रहेपनि कामदारहरुको स्वास्थ्य सुरक्षाका बारेमा कम्पनीले व्यवस्था गर्नुपर्ने बताए । कम्पनीका सिइयो राजेश अग्रवालले भने सरकारले उद्योग सञ्चालन गर्न दिएको जवाफ फर्काउँदै कम्पनीमा स्वास्थ्य सुरक्षाका लागि सामाजिक दुरी कायम गरिएकोहुँदा कुनै समस्या नभएको उल्लेख गरे ।

यो समस्या अन्य उद्योगहरुमा पनि रहेका छन् । ठूला उद्योग तथा कलकारखानाहरुमा आउने मालवहाक गाडीका चालक तथा सहचालकहरुको नाकामा सामान्य ज्वरो परीक्षण बाहेक अन्य कुनै परिक्षणविना नेपाल भित्रिँदा कोरोना संक्रण बढ्न सक्ने बताउँदै काम गर्नसमेत असहज वातावरण सिर्जना हुने गरेको उद्योगमा कार्यरत कामदारहरुको गुनासो छ । रुपन्देहीको वेलहिया नाकाबाट मात्रै यो अवधीमा दैनिक २ देखि दुई सय पचास बढी भारतीय मालवाहक ट्रक नेपाल भित्रिने गर्दछ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ, अन्य तयारी सामान तथा पेट्रोलियम पदार्थ बोकेका मालवाहक ट्रक नेपाल भित्रिने गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलप्रसाद भट्टराईले बताए ।

नेपाल भारत नाकामा भित्रिएका ती सवारीहरुको सामान्य सेनिटाजर गरिन्छ भने चालक तथा सहचालकहरुको सामान्य ज्वरो परीक्षण गर्ने बाहेक अन्य कुनै स्वास्थ्य सुरक्षा नअपनाउँदा संक्रमणको थप जोखिम बढेको हो । कम्जोर संरचना तथा आवश्यक स्वाथ्य पूर्वाधारको अभावकका कारण संक्रण चुनौतीका बीचमा पनि उद्योग सञ्चालन गर्नुको विकल्प नभएको रुपन्देही उद्योग संघका अध्य बाबुराम बोहोराले बताए । ‘सिमा क्षेत्रमा नेपालको व्यवस्थित बन्दरगाहा भएको हुन्थ्यो भने त्यहीँबाट भातरतीय गाडीलाई फर्काएर नेपाली गाडीबाट उद्योगसम्म सामान ल्याउने व्यवस्था गर्न सकिन्थ्यो ।’–अध्यक्ष बोहोराले संरचना अभावले बाध्यात्मक अवस्थामा रहेको बताउँदै चुनौतीका बीच पनि उद्योग सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

उद्योग बन्द हुँदा आर्थिक रुपमा क्षति, उत्पादनमा ह्रास, वैदेशिक आयातामा वृद्धि तथा रोजगारको अभाव हुनुलगायतका समस्या रहेको बताउँदै अध्य बोहोराले जसरी पनि वैकल्पिक रुपमा उद्योग खुल्नु पर्ने कुरालाई जोड दिँदै त्यसपछि निम्तिने समस्या पहिलेदेखिको संरचनागत तुत्री र व्यवस्थापनको दोष रहेको औल्याए । उद्योग सञ्चालन तथा संक्रमण फैलिन नदिनका लागि सरकारले हालसम्म कुनै ठोस योजना भने तयार पार्न नसकेको गुनासो बढ्न थालेको छ । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योग सञ्चालनका पक्षमा आफू रहेको बताउँदै स्वास्थय सम्बन्धि सम्पूर्ण सुरक्षा सजगताका बारेमा सामाजिक विकास मन्त्रालयले सोँच्नु पर्ने बताए ।

स्वास्थ्य सुरक्षा बारेको जिम्मेवारी आफ्नो मन्त्रालयमा नपर्ने बताउँदै उनले उद्योगहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालनमा ल्याउनु पर्ने कुरालाई जोड दिए । यसैगरी स्वास्थ्य सुरक्षा तथा कोरोना संक्रमण रोकथामका लागि काम गरिरहेको प्रदेश ५ सामाजिक विकासय मन्त्री सुदर्शन बरालले उद्योगमा सामाजिक दूूरी कायम राख्दै काम गर्ने बाहेकका अन्य विकल्प नरहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा