२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक उपाध्यायसहित तत्कालीन महाप्रबन्धक सुशील कोइराला, संस्थानकै तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भंसालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरिएको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

चारै जनाविरुद्ध रु २६ लाख १६ हजार १० बिगो असुलउपर माग दाबी गर्दै मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कागज खरिद गर्दा भन्सार महसुल आपूर्तिकर्ता प्रिन्टसेलले ब्यहोर्नुपर्ने सम्झौता भए पनि संस्थानका तत्कालीन महाप्रबन्धक कोइरालाले आफूलाई फाइदा र सम्झौताविपरीत भन्सार छुट गराई संस्थानलाई हानिनोक्सानी पु¥याएकाले मुद्दा दायर गरिएको हो ।आयोगले महाप्रबन्धक उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनीलाई फाइदा र संस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौतानुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई रु २६ लाख १६ हजार १० नोक्सान गरेको ठहर गरेको छ ।

आयोगले ऐन २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै उक्त रकम माग दाबीसहित मुद्दा दायर गरेको हो । यस्तै तत्कालीन महाप्रबन्धक कोइरालाले सम्झौता विपरीत संस्थानका तर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रु २६ लाख १६ हजार १० संस्थानलाई हानिनोक्सानी गरी प्रिन्टलेस कम्पनीलाई फाइदा पु¥याएको ठहर गर्दै ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिम कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको छ । यस्तै संस्थानकै तत्कालीन अर्थनिर्देशक चौधरीले सम्झौता विपरीत संस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौतानुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई नोक्सानी पु¥याएको भन्दै मुद्दा दायर गरिएको छ ।यस्तै प्रिन्टसेल कम्पनीका सञ्चालक भंसालीले सम्झौता विपरीत भन्सार छुटका लागि सिफारिस माग गरी भन्सार छुट गराई सम्झौताबमोजिम सम्पूर्ण रकमसमेत सोही कम्पनीले भुक्तानी लिई कम्पनीलाई लाभ र संस्थानलाई गैरकानूनी हानि पु¥याएको भन्दै ऐन २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम कसुर गरेको ठहर गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ