ताजा अपडेट »

प्रहरीकै मिलेमतोमा तस्करी, स्थानीयद्वारा पक्राउ

शुक्रबार, २३ जेठ २०७७, १८ : ०४
4 Shares

भैरहवा । लकडाउनको मौका छोपी प्रहरीकै मिलेमतोमा सीमा क्षेत्रमा तस्करी बढेको छ । सीमाक्षेत्रमा अहिले शसस्त्र प्रहरीको विभिन्न यूनिटहरुको साथै नेपाल प्रहरी रहेपनि उनिहरुकै मिलेमतोमा बिभिन्न सामाग्री तस्करी भई रहेको छ । नेपालबाट मदिरा मात्र हैन, चुरोट र सूर्तिजन्य अन्य पदार्थको तस्करी बढेको छ । दिनरात भएको तस्करीबाट स्थानीयहरु आजित भएपछि अहिले आफै तस्करहरुलाई पक्राउ गर्दै प्रहरीलाई बुझाएको खुलेको छ ।

तस्करी भई रहेको सूचना पटक-पटक प्रहरीलाई दिएर तस्करी नियन्त्रणको लागि प्रयास गर्दा पनि केही नलागेपछि तस्करी सहितको समान प्रहरीलाई बुझाई रहेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर–२ मैनिहवाका स्थानियहरुले तस्करीको समान सहित प्रहरीलाई बुझाएको छन् । रोहिणी गाउँपालिका वडा नम्बर २ अन्तर्गत मैनिहवाबाट यस अघि पनि मदिरा तस्करी गरेको स्थानियहरुले गुनासो गरेका थिए । सीमामा सुरक्षा दिई रहेको सुरक्षाकर्मीहरुमै सहयोगमा तस्करहरुले काम गरे पछि स्थानीयहरुको सुनुवाई भएको थिएन । प्रहरी पनि स्थानीयको गुनासो सुनेर नसुनेको झै गरी तस्करलाई नै प्रश्रय दिइरहेको हुन्छ । ‘प्रहरीलाई तस्करीको सुराकी दियो भने उनिहरुले नै तस्करलाई जानकारी दिई जोगाउने गरेका छन् ।’ मैनिहवाका एक स्थानीयले भने । प्रहरीलाई गरिएको गुहार काम नलागेपछि स्थानीयहरु अहिले आफै सक्रिय भएर तस्करीका समान छोप्ने र प्रहरीलाई बुझाउन थालेका छन् ।

शुक्रबार पनि स्थानीयहरुले एक बोरा सूर्तीजन्य पदार्थ गुल मन्जन भारत लैजादै गरेको अवश्थामा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उनिहरुले नियन्त्रणमा लिएको सामग्री निवेदन सहित ईलाका प्रहरी कार्यालय धकधईमा बुझाएका छन् । स्थानीय महेश लोधले निवेदन दिदै लु११प ८३७३ नम्बरको मोटरसाईकलमा मैनिहवा गाउँकै पवन धवल, रुद्र धवल र मोहित पाण्डेले तस्करी गर्दै गरेको उक्त सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको बताएका छन् । तस्करी गर्ने यी युवाहरुले सीमा क्षेत्रमा रहेका अन्नबालीमा समेत नोक्सान गरेको हुदा उनिहरुबाट क्षति पूर्ति भराउन स्थानीयले माग गरेका छन् । सीमा सुरक्षाको साथै शान्ति सुरक्षा गर्ने दायित्व रहेको सुरक्षाकर्मि नै तस्करीमा ब्यस्त हँुदा स्थानीयहरु आँफै सक्रिय हुनु परेको उनिहरुको भनाई छ ।

इलाका प्रहरी कार्यालय धकधइले पनि स्थानीयहरुले समान नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको पुष्टि गरेको छ । धकधईका प्रहरी नायब निरिक्षक हरि रानाले स्थानीहरुले बुझाएको सामग्री र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको बताए । उनले समान ओसार–पसार गर्ने ब्यक्तिहरु फरार रहेकोले उनिहरुको खोजी भई रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।