ताजा अपडेट »

मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइनको अवलोकन

शुक्रबार, २३ जेठ २०७७, १५ : १७
10 Shares

बुटवल । मानव अधिकार निगरानी समूह शुद्धोधन गाउँपालिकाले गाउँपालिका भित्र रहेका क्वारेन्टाइनको अवलोकन गरेको छ । गाउँपालिकामा क्रियाशील निगरानी समूह, गाउँपालिकाप्रवक्ता र इन्सेक सहजकर्ताहरुको उपस्थीतिमा अवलोकन गरिएको हो । विदेशबाट आएका ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

योज्ञदय थारु बहुमुखी क्याम्पसमा ४० जना, गौलोली माध्यमिक विद्यालयमा ६ जना, भग्लापुर माध्यामिक विद्यालयमा १० जना, सिसै माध्यमिक विद्यालयमा १० जना, वनगाइ माध्यमिक विद्यालयमा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । करेन्टाइममा रहेका व्यक्तिका लागि खाना बस्नको व्यवस्थापन भएता पनि उनीहरुले लगाउने माक्स सेनेटाइजरको व्यवस्था नभएको गुनासो गरेको छन् । शुद्वोधन गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेहरुहरुको संख्या दैनिक रुपमा बढ्दै गएकाले खाना बस्नको लागि उचित व्यवस्था गरिएको बताए । क्वारेन्टाइनमा रहेकाको लागि माक्स र सेनिटाइजरको पनि व्यवस्था गरिने गाउँपालिकाका प्रवक्ता कडेलले प्रतिवद्वता बताए ।

मानव अधिकार निगरानी समूहको अगुवाईमा शुद्वोधन गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइनहरुको अवलोकन गरिएको हो । गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेल, इन्सेक सहजकर्ता विष्णु घिमिरे, मानवअकिार निगरानी समूहका अध्यक्ष जगत सापकोटा, सचिव मोती थापा लगायतको टिमले अवलोकन गरेको थियो । रुपन्देहीका गाउँपालिका स्तरीय निगरानी समूहले जिल्लाका स्थानीय तहहरुमा सञ्चालन गरिएका क्वारेन्टाइनहरुको अवलोकन गरी क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बुझ्ने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।