ताजा अपडेट »

कोरोना बीमा पुनः सुचारु

शुक्रबार, २३ जेठ २०७७, १४ : ५६
4 Shares

काठमाडौं । बिहिवार बीमा समितिको माग बमोजिम स्थगित गरिएको कोरोना बीमा आज पुनः सुचारु गरिएको छ । बीमा समितिले २४ घण्टा नबित्दै कोरोना बीमा स्थगित गर्ने निर्णय संशोधन गरेको हो ।

बीमा समितिले आज एक सूचना प्रकाशित गर्दै अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।कार्यकारी निर्देशक तथा प्रबक्ता राजु रमण पौडेलले आज अर्को सूचना जारी गरी कोरोना बीमा सुचारु गरिएको जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।