२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

लम्की । कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टाइनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टाइनभित्रै मिलाएको जानकारी दिएको छ ।

Advertisement

कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टाइनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टाइन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टाइनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो । टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् ।क्वारेन्टाइनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वारेन्टाइन व्यवस्था नभए पनि क्वारेन्टाइनमा बस्नेलाई आवश्यक कोलगेट, साबुनदेखि आवश्यक सामग्री नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

“महिलालाई क्वारेन्टाइनमा बस्ने, खाने समस्याभन्दा मासिक चक्र अर्थात् महिनावारीका कारणले थप समस्या हुनसक्छ”, टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले भने, “महिलालाई महिनावारीको समयमा बढी सरसफाइ चाहिन्छ, त्यसैले विद्यालयमा महिलाका लागि सुविधा भएको शौचालय प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ, उनीहरुलाई आवश्यक स्यानिटरी प्याड उपलब्ध गराइरहेका छौँ ।” ज्ञवालीले क्वारेन्टाइनमा केही सुत्केरी, गर्भवती तथा बालबालिका समेत रहेकाले उनीहरुलाई आवश्यक आइरन चक्की, नियमित दूध र फलफूलको व्यवस्थासमेत गरिएको जानकारी दिए । “हामी खाना शाकाहारी दिने गरिरहेका छौँ, महिला तथा बालबालिकालाई पोषिलो खानेकुरा आवश्यक हुने भएकाले खानासँगै अण्डा दिने गरेका छौँ”, अनमी ज्ञवालीले भने, “महिलाका समस्यामा हामी गम्भीर छौँ, तर क्वारेन्टिन भरिभराउ भएकाले समस्या हुन थालेको छ ।”

क्वान्टाइनमा अहिले भारतबाट आउनेको सङ्ख्या धेरै छ । एकै परिवारका धेरै सदस्यसहित सयौँ नागरिक एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ । महिलालाई प्राथमिकता दिँदै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड सबै क्वारेन्टिनमा उपलब्ध गराइएको स्वास्थ्य प्रवर्द्धन शाखाका संयोजक बलबहादुर रावल बताउँछन्, “हामीले त महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने सोचेका थियौँ, तर भारतबाट आउने धेरै सपरिवार हुनुहुन्छ । उहाँहरुसँगै बस्न चाहने, नगरपालिकालाई पनि व्यवस्थापन गर्न कठिन भएकाले सँगै राख्नुपरेको छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने