ताजा अपडेट »

रिपोर्ट नआउँदै डिस्चार्ज, तीन जनामा कोरोना पोजेटिभ

शुक्रबार, २३ जेठ २०७७, ०० : ०६
4 Shares

दाङ । राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए । जसमध्ये तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो। राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो। तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो । त्यसपछि कोरोना परिक्षण गरिएको रिपोर्ट नआउँदै डिस्चार्ज गरिएको घटना बाहिर आयो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना सम्प्रेषण गर्दा भएको त्रुटिले गर्दा यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दाबी गरे। ‘क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए जसमध्ये ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ। तर, हामीलाई जानकारी गराउँदा एक सय ५७ जनाकै परीक्षण गर्दा तीन जनामा देखियो भन्‍ने सूचना आएपछि तीनजना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो’, गाउँपालिकाका अध्यक्ष केसीले भने- ‘बिहीबार फेरि राजपुर गाउँपालिकामा तीनजना संक्रमित फेला परेको जानकारी आएपछि फेरि हामीले घरघरमा पुगेर ल्याएका छौं।’ गाउँपालिकाले गम्भीर गल्ती गरेको भन्दै केही संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध गरेका छन्।

राजपुर गाउँपालिकाले बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भइरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए।बिहिबार राजपुर- २ निवासी ३४ बर्षिय, वडा नम्बर ३ निवासी २७ वर्षीय र वडा नम्बर ४ निवासी २६ वर्षीय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।