ताजा अपडेट »

चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल

विहीबार, २२ जेठ २०७७, २३ : ५६
6 Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । विगत ६ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले दाहाललाई नियुक्त गरेको हो ।

दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।