ताजा अपडेट »

रुपन्देहीमा भाईको कुटाईबाट दाईको मृत्यु

विहीबार, २२ जेठ २०७७, २० : २०
8 Shares

बुटवल । रुपन्देहीमा आफ्नै भाईको कुटाईबाट दाईको मृत्यु भएको छ । रक्सीको झोकमा जिल्लाको गैडहवा गाँउपालिका २ पडौराका १९ बर्षीय शिवचन्द्र केवटको कुटाईबाट २५ बर्षीय जवाहिर केवटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

मृतकको भीम अस्पतालमा पोष्टमार्टम पश्चात भाई शिवचन्द्रलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक ईश्वरकार्कीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।