ताजा अपडेट »

रुपन्देहीको सैनामैनाका १८ जनामा कोरोना 'पोजेटिभ'

विहीबार, २२ जेठ २०७७, १९ : ५३
8 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा थप १८ जानमा आज कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको कोरोना परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा क्वारेन्टाइनका फोकल पर्सन हेमराज पन्थीका अनुसार संक्रमित मध्ये १७ जना भारतबाट आएका र एक जना त्यही बसोबास गरिरहेका स्थानीय भएको बताएका छन् । यस अघि पनि सैनामैनामा भारतबाट आएका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।