ताजा अपडेट »

थप ३३४ जना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २६३४ पुग्यो

विहीबार, २२ जेठ २०७७, १६ : ४२
6 Shares

बुटवल । नेपालमा आज थप ३३४ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्राालयका प्रवक्ता विकास देवकोटलाले आज मात्रै थप ३३४ जनामा संक्रमण भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।

यो सँगे नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये २९० जना डिस्चार्ज भएका छन् । पुरुष २३४ र महिला ५६ जना रहेको समेत उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।