ताजा अपडेट »

सुगा उडाएको निहूँमा आठ वर्षीया बालिकाको हत्या

विहीबार, २२ जेठ २०७७, १५ : ०३
4 Shares

काठमाडौ । आइतबार जोहराले चारो खुवाउनका लागि सुगाको पिन्जडा खोल्दा चराहरु उडेको थियो । पशु व्यापार गर्ने जोहाका घर मालिकले उनलाई चराहरु उडाएको आरोपमा मरणासन्न हुने गरी पिटेका थिए । घाइते भएर अचेतन अवस्थामा पुगेकी जोहाको स्थानीय अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

अस्पतालले प्रहरीमा उक्त घटनाबारे उजूरी गरे पछि प्रहरीले दुई सन्दिग्धलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार अस्पतालमा घाइते अवस्थामा ल्याई पुर्‍याएकी ती बालिकाको अनुहार, हात, करङ मुनिको भाग र खुट्टामा चोट पुगेको थियो । उनको फिलामा पनि चोट भएको हुँदा उनीमाथि सम्भावित यौन दुराचार पनि भएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।