ताजा अपडेट »

मुख्यमन्त्रीको प्रश्न : आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यस्को जिम्मा कस्ले लिने ?

विहीबार, २२ जेठ २०७७, १३ : १९
6 Shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आफूखुशी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिने भन्ने प्रश्न गरेका छन् । पोखरेलले यसबारे गम्भिर हुनसमेत आग्रह गरेका छन् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा व्यापारीले लकडाउन अवज्ञा गर्दै पसल खोल्न थालेपछि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड-१९ समुदायमा फैलिएको छैन,’ मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौं।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।