ताजा अपडेट »

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बस्दै

विहीबार, २२ जेठ २०७७, १३ : ०८
6 Shares

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । लामो समय लकडाउन हुँदा सर्वसाधारण त्यसको चरम मारमा परेको कारण सरकारले थप समस्या सिर्जना हुन नदिन र त्यसको विकल्पको खोजी गर्ने एक मन्त्रीले बताए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै ५ घण्टा विज्ञहरुँग लकडाउनको मोडालिटी र कोरोना रोकथामबारे छलफल गरेका थिए । विज्ञले पनि बन्दाबन्दीका अवस्थामा हेरफेर गरि आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन सुझाव दिएका थिए । चैत ११ यता लकडाउन कायम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।