ताजा अपडेट »

दाङको कोरोना विशेष अस्पतालबाट ८ जना डिस्चार्ज हुँदै

विहीबार, २२ जेठ २०७७, ०९ : २१
4 Shares

तुलसीपुर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामीमध्ये आठ जना निको भएर घर जादै छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचारपछि निको भएर आज घर जान लागेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार दाङको गढवाका १ जना, नरैनापुर बाँकेका ५ जना र शिव नगरपालिका कपिलबस्तुका २ जना गरी आठ जना निको भएका ह्न् । उनीहरुलाई आज विहान ११ बजे एक कार्यक्रमका विच बिदाई गरिने भएको छ । अस्पतालमा अहिले ५० जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।