ताजा अपडेट »

आगामी असार ७ गतेसम्म कर तिर्ने समय

बुधबार, २१ जेठ २०७७, २२ : ०१
4 Shares

काठमाडौं । आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम गरिएको विभागले जनाएको छ । यसअघि विभागले यही जेठ २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको थियो । व्यवसायीको मागलाई ध्यानमा राख्दै विभागले बुधबार सूचना जारी गर्दै करको विवरण तथा कर बुझाउने समय थप गरेको हो ।

“विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताले आवधिकरूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गते र जेठ मसान्तसम्म थप गरिएकामा उक्त अवधि पुनः थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिला गर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।